धनगढी- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शंकाष्पद वस्तु फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले पूरानाे कालाे झोलामा तार बेरिएकाे अवस्थामा शंकाष्पद वस्तु भेटिएको बताए । सो शंकाष्पद वस्तुको पहिचान हुन नसकेको उनले बताए । उनका अनुसार नेपाली सेनाको डिस्पोजल टोली उक्त वस्तु निष्कृय पार्न प्रयासरत रहेको छ ।













