धनगढी । कैलाली प्रहरीले एक जना फरारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी १२ बस्ने बर्ष २६ को लाल बहादुर कडायत रहेका छन । जिल्ला अदालत कैलालीको फैसलाले उपद्रव मुद्दामा १८ दिन कैद सजाय र रू२०,०००।जरिवाना तोकिएको उनलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगाना बाट पक्राउ गरेको जनाएको छ ।













