धनगढी । कैलालीमा प्रहरीले बालबालिकाविरुद्धको कसुर मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीको २०८१ बैशाख ४ गतेको फैसलाले बालबालिका बिरुद्धको कसुर मुद्दामा ६ महिना कैद सजाय र रु.२५ हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-२ बस्ने ५२ वर्षीय ताराबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













