धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–३,बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदानमा ग्राभेल भरान सुरू गरिएको छ । खेलमैदानमा पानी भरिँदा विद्यार्थी र शिक्षकलाई सकस भएको समाचार निशाना न्युजले प्रकाशित गरेपछि ग्राभेल भरान सुरू गरिएको हो ।
धनगढी उपमहानगरपालिकाले खेल मैदानमा ८ ट्रली गाभेल फालिसकेको र अझै भरान गर्ने काम जारी रहेको विद्यालयले जनाएको छ ।
बर्षातको समय या पानी परेको अन्य समय खेलमैदान भरिँदा विद्यार्थीलाई खेलकुदका लागि र शिक्षक,विद्यार्थीलाई कक्षा कोठामा जान सकस हुँदै आएको थियो ।
स्कुलको खेलमैदान हरेक बर्षातमा पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई हिडडुल गर्न र अन्य कृयाकलाप गर्न निकै सास्ती खेप्नु परेको प्राचार्य सीताराम अवस्थीले निशाना न्युजलाई जानकारी दिए ।














