धनगढी- रिङ्गडा गाउँ पाण्डेय समाजले गौरा विसर्जन कार्यक्रममा ५ जना छात्र छात्रालाई नगदसहित सम्मान गरेको छ । आज कञ्चनपरको वेदकोट नगरपालिका –७ का सामुदायिक विद्यालयमा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई गौरा विसर्जन कार्यक्रममा सम्मान गरेको हो ।

कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण भएका छात्र–छात्रालाई समाजले नगद ५ हजार सहित सहित सम्मान गरेको समाजका अध्यक्ष लोकराज पाण्डेयले निशाना न्युजलाई जानकारी दिए । विद्यार्थीहरु पढ्न विद्यालयमा गइसकेकाले अभिभावकले सम्मानपत्र बुझेको उनले बताए ।














