कैलाली । कैलाली र कञ्चनपुरका विभिन्न स्थानवाट प्रहरीले ३ लाख वढीको भन्सार छलीका सामान वरामद गरेको छ । कैलाली धनगढी
५ हसनपुर, १८ नक्कलीपुर, गोदावरी २ पहाड रोड, ६ लालपुर, भजनी १ ठेगरपुर, ८ खैरा र जोशीपुर ३ फाँडियाबाट १,७२,१९० रुपैया वरावरको सामान प्रहरीले वरामद गरेको हो ।
त्यस्तै कञ्चनपरको भिमदत्त ११ भन्सार कार्यालय नजिकबाट १,३७,०३५ मुल्य पर्ने सामान वरामद गरेको छ । प्रहरीहरुले यी स्थानवाट काजु, कस्मेटिकका सामान, चिनी, पिठो, दाल, खानेतेल, सुर्ती, बिडी, चियापत्ती, मसला, सुटपिस, साडी, अस्तरको कपडाहरु फेला पारी वरामद गरिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय वाट खटिएका गस्ती टोलीले शुक्रवार साँझ सो सामानहरु वरामद गरिएको प्रहरी कार्यालयहरुले जनाएको छ ।













