• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १३ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित

कञ्चनपुर- विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् ।

निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन० का चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ ।

“विगतको तुलनामा गिद्धले बढी गुँड लगाएका छन्,” उनले भने, “वर्षौंदेखिको संरक्षणको कार्यको प्रभाव देखिन थालेको छ, निकै उत्साहित छौँ ।” डङ्गर गिद्धसँगै अति सङ्कटापन्न अवस्थामा रहेको सानो खैरो गिद्धले पनि गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् । निकुञ्जको भतपुरीफाँटामा दुई, हिरापुरफाँटामा एक गरी तीनवटा सानो खैरो गिद्धको गुँड फेला परेको चराविद् डगौराले जानकारी दिए ।

“सर्भेका क्रममा कञ्चनपुरसँगै डडेल्धुरामा दुई, कैलालीको चरा तथा जैविक विविधता क्षेत्रमा १२ वटा डङ्गर गिद्धका गुँड फेला परेका छन्,” चराविद् डगौराले भने, “बैतडीको खोड्पेमा नौवटा हिमाली गिद्धका गुँड फेला पारेका छौँ ।”

अति सङ्कटापन्न डङ्गर, सानो खैरो र सङ्कटापन्नको सूचीमा रहेको हिमाली गिद्धका गुँड रहेका क्षेत्रमा नियमित अनुगमनको कार्य भइरहेको छ । चराविद् डगौराका अनुसार डङ्गर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा रहेका छन् ।

नेपालमा नौ प्रजातिका गिद्धहरु पाइने गरेका छन् । जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । डाइक्लोफेनेक औषधि पशु उपचारका लागि उत्पादन, बिक्री वितरणमा र प्रयोगमा पूर्ण प्रतिबन्ध, भेटेरिनरी अनुगमन, गिद्धलाई सेटेलाइट ट्रेकिङ गरी वातावरणमा छाड्ने कार्य, सुरक्षित आहार केन्द्र स्थापनासँगै बासस्थान सुधारमा ध्यान दिइँदा गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

समुदायस्तरमा आयोजना गरिँदै आएका सचेतनमूलक कार्यहरु पनि गिद्ध संरक्षणमा टेवा पुगेको उनी बताउछन्। समुदायसँगको सहकार्यमा अहिले गिद्ध संरक्षणका कार्यहरु अगाडि बढ्दै आएका छन् ।

सन् १९९० को दशकमा नाटकीय रुपमा ९९ प्रतिशतले गिद्ध घटेको पाइएको थियो भने नेपालमा सन् २००२ देखि २०१० सम्मको नेपाल पन्छी संरक्षण सङ्घले गरेको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको पाइएको थियो ।

पछिल्लो अनुसन्धानहरुले किटोप्रोफेन, निमुसलाइड, फ्लुनिक्सिन, कारप्रोफेन, एसिक्लोफनेक आदि औषधिहरु गिद्धहरुका लागि विषाक्तता मानिएको छ । नेपालमा यस्ता औषधिहरुको प्रयोगमा प्रतिबन्ध अझै भइसकेको छैन । विषादीको गैरकानुनी तवरले मृत पशुहरुमा प्रयोग गर्ने, अव्यवस्थित विद्युतीय तारमा परी गिद्धको मृत्यु हुने, अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धहरुको उद्धार हुन नसक्दा गिद्धको मृत्यु हुने गरेको चराविद् डगौरा बताउछन् ।

बासस्थान विनाश, आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपायहरु गाड्ने चलनका कारण खानाको कमी तथा अभाव गिद्धविनाको अर्को कारणका रुपमा रहेको छ । “पछिल्ला वर्षहरुमा गिद्ध संरक्षणका लागि गरिएका प्रयासले सार्थकता पाएका छन्,” गिद्ध संरक्षणको क्षेत्रमा क्रियाशील सुवन चौधरी भन्छन्, “गिद्ध जोगाउने अभियानमा समुदायलाई जोड्दा बासस्थान सुधार भएको छ, त्यसको परिणामस्वरुप गिद्धको सङ्ख्या बढेको छ ।”

“गिद्ध मांसाहारी चरा भए पनि आफैँले सिकार गर्दैन, मरेका जनावरको सिनो खाएर वातावरणलाई सन्तुलित बनाउनमा अहम् योगदान पु¥याउँछ,” चौधरी भन्छन्, “त्यसैले यसलाई प्रकृतिको कुचिकार पनि भनिन्छ ।” सिनोका कारण वातावरण दुर्गन्धित हुँदा फैलिने हैजा, टाइफाइड, आउ, पखालालगायत रोगहरु गिद्धले सिनो खाँदा न्यूनीकरण हुँदै आएको उनको बुझाइ रहेको छ ।

धार्मिक मान्यताअनुसार हिन्दू धर्मावलम्बीहरुले गिद्धलाई शनिदेवको वाहनका रुपमा लिने गरेका छन् । धार्मिक महत्त्वको गिद्धलाई जोगाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको चौधरीको भनाइ छ । नेपाल सरकारले सन् २०२३ देखि २०२७ सम्मको गिद्ध संरक्षणका लागि पञ्चवर्षीय योजना बनाई लागू गरेको छ ।

  • दुर्लभ डङ्गर गिद्ध
शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु
नुहाउने क्रममा डुबेर किशोरको मृत्यु
बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यी भूभागमा वर्षाको सम्भावना

समाचार

सबै

यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

नुहाउने क्रममा डुबेर किशोरको मृत्यु

बालबालिकाविरुद्धको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १३ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.