कैलाली । अछामको चण्डिका मन्दिर धार्मिक पर्यटकको रोजाईमा पर्न थालेको छ । बान्नीगढी जयगढ गाँउपालिका- २ अन्तरगत जनालीकोटमा रहेको सो मन्दिर आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्न थालेको हो ।
तराई र अछामका अन्य ग्रामीण क्षेत्रबाट दर्शन गर्न आउने दर्शनार्थीको रोजाईमा चण्डीका मन्दिर पर्न थालेको स्थानीय बताउँछन ।
मन्दिर समुन्द्री सतहबाट १५ सय मिटर उचाईमा रहेको छ । हेर्दे मनमोहक रमणीय सो क्षेत्रबाट पर्यटकले अछामस्थित साँफेको बैजनाथ मन्दिर, चौखुट्टे,बान्नीगढीको बर्दादेवी,गाज्राको कोतघर,बर्दादेवी नजिकै रहेको कालिका मन्दिरको दृश्य सहजै अवलोकन गर्न सकिन्छ ।
काठमाण्डौँको पशुपतिनाथ मन्दिर जस्तै प्यागोडा शैलीको सो मन्दिर राष्ट्रका कुँवरहरुले कुँवर समाज सेवा समिति गठन गरी विसं २०६९ को बैशाखमा निर्माण सम्पन्न गरेको कुँवर समाज सेवा समितिका प्रस्ताबक एबं संस्थापक सचिव पूर्णबहादुर कुँवरले निशाना न्युजलाई जानकारी दिए ।
तस्बिर : मिठु कुँवर

















