डोटी- डोटीमा पहिरोले च्यापिएर दुईजना घाइते भएका छन् । दुई दिनदेखिको लगातार वर्षाका कारण जिल्लाको बडिकेदार गाउँपालिका–४ टिमुट्टेमा घर माथिबाट पहिरो खस्दा दुईजना घाइते भएका हुन् ।
घर माथिबाट पहिरो खस्दा तुलाराम जेठारा र उनकी श्रीमती भागरथी जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आज बिहान ६ बजेको समयमा घरमाथिबाट पहिरो खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घर भित्र च्यापिएको अवस्थामा दुबै जनालाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकीमा लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार घाइते तुलारामको अवस्था मध्यम र भागरथीको अवस्था गम्भीर रहेको छ । मुलुक न्युजबाट













