कैलाली । प्रहरीले ३ किलो बढी चरेश सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बझाङ केदारस्युँ गाउँपालिका ६ बस्ने २३ बर्षका गोबिन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका घर भई जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ स्थित बाजुरा होटल संचालन गर्ने बर्ष ४१ की मनमति ऐडि रावत रहेका छन ।
आज जिल्ला प्रहरी कार्यालय, कैलालीको अपराध अनुसन्धान शाखाबाट प्र.ना.नि. गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिगएको प्रहरी टोलीले कैलालीको गौरिगंगा नगरपालिका ८ बडैपुर स्थित जिल्ला बझाङ केदारस्युँ गाउँपालिका ६ बस्ने धामीलाई शंका लागी चेकजाँच गर्दा
निजले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको शुद्ध तौल २ किलो ७४० ग्राम र जिल्ला बाजुरा खप्तड छेडेदह गाउँपालिका ४ घर भई जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ स्थित बाजुरा होटल संचालन गर्ने बर्ष ४१ की ऐडि रावतलाई सोही होटल भित्र शंका लागी चेकजाँच गर्दा निजको होटलबाट शुद्ध तौल ७४० ग्राम गरी जम्मा ३ किलो ४८० ग्राम लागु औषध चरेश फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यस कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।













