• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

बैतडीमा आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

बैतडी- मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको भेट्टाए तर बस्तीका आधा जति घरमा मानिस भेटिएनन् । दुई सयमध्ये अधिकांश घरमा ताला झुन्डिएका छन् । बसाइँ सरेर छाडिएका घरको आँगन वरिपरि वनमारा उम्रिएको छ । बिजुली बाल्न काठको पोलमा तार अड्याएको देख्न सकिन्छ । वडामा आधारभूत स्वास्थ्य चौकी छैन । सिटामोल लिन अर्को पालिका जानु पर्छ । यो पीडा मेलौली नगरपालिका–३, ढणौँन, कुजगाड र बाघगोठ गाउँको हो ।

मेलौली नगरपालिका–३ का गाउँमा आधारभूत स्वास्थ्य चौकी मात्रै होइन, पठनपाठन गर्ने विद्यालयसमेत पायक पर्ने ठाउँमा छैन । माध्यमिक तहको शिक्षा आर्जन गर्न कक्षा ९ र १० का विद्यार्थी दैनिक १० किलोमिटर पैदल हिँडेर विद्यालय जान बाध्य छन् । पानीका मुहान खोज्न छिमेकी वडा र पालिकाका जनप्रतिनिधि ढणौँन गाउँमा पुगे पनि ग्वाल्लेक वन जोगाउँदै आएका ढणौँनवासीलाई कसैले प्रोत्साहन गरेको छैन । प्रदेश सरकारले वनको संरक्षित कार्यक्रम सञ्चालन गर्दा सहभागी नगराइएको स्थानीय वसन्त चन्दले गुनासो गरे ।

स्थानीय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मेलौली नगरपालिका–३ मा अहिलेसम्म राज्यको कुनै पनि सेवासुविधा नपाएको ७० वर्षीय गोल्मा चन्दले दुःखेसो पोखे । गाउँमा कुनै रोजगारी नभएपछि छोराहरू सबै बाहिर गएकाले गोल्मा चन्द घरमा एक्ली छिन् । आधाभन्दा बढीले गाउँ छाडेर हिँडेपछि आँगनमा एक्लै टोलाएकी वृद्ध आमाले नरमाइलो लागेको बताइन् । स्थानीय तहको पुनर्संरचना हुनुअघि ढणौँन गाउँमा दुई सयभन्दा बढी घरधुरी थिए । बसाइँसराइले अहिले गाउँको आधा जनसङ्ख्या घटेको वडाध्यक्ष गगनसिंह भाटले बताए ।

साबिकको दुर्गास्थान गाविसका १, २, ३, ४ र ५ नम्बर वडा मिलाएर मेलौली नगरपालिका–२ नम्बर घोषणा गरिएको छ । त्यसै गरी साबिकको ६ र ७ नम्बर वडालाई दशरथचन्द नगरपालिका–७, ८ र ९ नम्बर वडा मिलाएर मेलौली नगरपालिका–३ नम्बर वडा घोषणा गरिएको छ । यद्यपि ३ नम्बर वडावासीले अहिलेसम्म आधारभूत शिक्षा र स्वास्थ्य, बाटोघाटो जस्ता सेवा पाउन सकेका छैनन् । पुनर्संरचनाका बेला भएको त्रुटि सच्याएर मेलौली नगरपालिका–३ लाई दशरथचन्द नगरपालिका–७ मा गाभिदिन ढणौँनवासीले २०७८ साउन २० गते मेलौली नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । चार वर्ष बितिसक्दा पनि ज्ञापनपत्रबारे कुनै सुनुवाइ भएको छैन ।

गाउँको पुनर्संरचना गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक निरन्तरता केही नहेरी साबिकको दुर्गास्थान गाविसलाई हचुवामा तीनतिर बाँड्दा ढणौँनवासीले दुःख पाइरहेको स्थानीय वसन्त चन्दले गुनासो गरे । “पुनर्संरचना मिलाइदिन सरोकारवाला निकायसँग आग्रह गर्दा कुनै सुनुवाइ भएन,” उनले भने “मेलौली नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिन १० हजार रुपियाँमा गाडी लिएर मेलौली–१ मा रहेको बैङ्क धाउनु पर्छ । कठिनाइ भोग्न नसक्दा वडाको आधा जनसङ्ख्या बसाइँसराइ गरेर घटिसकेको छ । कतै जान नसक्ने गरिब परिवार मजदुरी गर्न भारत पसेका छन् ।”

साबिकको दुर्गास्थान स्वास्थ्य चौकी अहिले मेलौली नगरपालिका–२ मा गाभिएको छ । गाउँका आधारभूत विद्यालयबाट कक्षा ५ र ८ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्न १० किलोमिटर टाढा मेलौली नगरपालिका–१ को सिमानामा रहेको प्रतिपुर मावि धाउँदै आएका छन् । हुन त प्रतिपुर मावि ३ नम्बर वडाको सीमाभित्र पर्छ तर यहाँ मेलौली नगरपालिका–१ लाई पायक पर्ने भएकाले उतैका विद्यार्थी बढी रहेको वडाध्यक्ष भाटले बताए । मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले पुनर्संरचनाका बेला कमजोरी भएकाले मेलौली नगरपालिका–३ का स्थानीयले दुःख भोगिरहेको स्वीकार गरे। उनले पुनः सीमा हेरफेर आवश्यक देखिएको बताए ।

नगरप्रमुख चन्दले भने, “पुनर्संरचनाका बेला नगरपालिकाको २ नम्बर वडामा दुई वटा स्वास्थ्य चौकी परेका छन् । दुर्गास्थानको साबिकका ६ र ७ नम्बर नजिक पर्ने भए पनि ती वडा दशरथचन्द नगरपालिकामा गाभिएका छन् । त्यसैकारण अहिलेको ३ नम्बरले स्वास्थ्य सुविधा पाउन सकेको छैन । सर्वसाधारणलाई मर्का पर्ने गरेर पुनर्संरचना भएको छ । संविधान संशोधनका कुरा उठिरहेकाले एक पटक पुनः सीमा हेरफेर पनि गर्नु पर्छ ।”

सिगास र पुर्चौडीमा एक दिनको पैदल यात्रा

स्थानीय तहको पुनर्संरचनापछि सिगास गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–१० का स्थानीय गाउँ तथा नगरपालिकाबाट सेवा लिन एक दिन पैदल बाटो हिँड्दै आएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गसँग जोडिएको सिगास गाउँपालिका–१ का स्थानीय गाउँपालिकाबाट सेवा लिन एक दिन पैदल हिँड्दै आएका छन् । वडा कार्यालय मुख्य सडकसँग जोडिएको भए पनि गाउँपालिका जाने सडक नहुँदा पैदल हिँड्नु परिरहेको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए । सडक नबने पुनर्संरचना हेरफेरका लागि वडावासीले हस्ताक्षर सङ्कलन गरेको उनले बताए । सिगास गाउँपालिका–१ बाट डेढ घण्टामा पाटन नगरपालिका र तीन घण्टामा जिल्ला सदरमुकाम पुगिन्छ । त्यसै गरी पुर्चौडी नगरपालिका–१० का स्थानीय बैतडी–दार्चुला जोड्ने महाकाली लोकमार्ग नजिकको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा निर्भर भए पनि नगरपालिकाको सेवा लिन एक दिन पैदल हिँड्दै आएका छन् । गाेरखापत्रबाट

  • बस्ती रित्तिँदै
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?
राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.