धनगढी- डाईमण्ड कटेजले धनगढी गाँउमा सुविधा सम्पन्न घरमा शाखा विस्तार गरेको छ । बिगत देखि धनगढीको तारानगरमा सञ्चालित सो कटेजले धनगढी–८ मा सो शाखा विस्तार गरेको हो ।

आज संचालक हिरा चौधरीका बुबा दुर्गा चौधरी र ससुरा खुशिराम चोधरीले संयुक्त रुपमा रिवन काटेर शाखाको उदघाटन गरेका हुन् । फुडिङ्ग डाइमण्ड कटेज सरह हुने र ग्राहकका लागि खान बस्नको राम्रो व्यवस्था समेत रहेको संचालक हिरा चौधरीले बताए । उनले वस्नका लागि अटेच बाथरुम एसी सहितका ७ कोठा रहेका र १३ सय देखि १८ सय सम्मको मुल्य निर्धारण गरिएको बताए ।













