धनगढी- प्रहरीले कैलालीबाट अवैध लागूऔषधसहित एकजना पक्राउ गरेको छ । मंगलबार जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट सोही पालिकाको वडा नं.–४ बस्ने २८ वर्षीय लोकेन्द्र बोगटीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बोगटीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित फेला पारि पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।















