धनगढी- सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट २१ जनाको मृत्यु भएको छ । यस वर्षको दसैँको घटस्थापनादेखि भाइटीका सम्मको अवधीमा दुर्घटनाबाट सो संख्याका मानिसको मृत्यु भएको हो ।
उक्त अवधीमा भएका ४१ सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको र ५३ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरजबहादुर खड्काले निशाना न्युजलाई जानकारी दिए । उक्त दुर्घटनामा ५२ सवारी साधन संलग्न रहेको उनले बताए । दुर्घटना २ ट्रक,१ जिपकार ,४ ट्रयाक्टर,४ टेम्पो,१ माइक्रो,८ बस, ३४ मोटरसाइकल र ४ शारीरिक शक्तीबाट चल्ने साधन दुर्घटना भएको उनले बताए ।
२ सय ३८ सवारी चालक मापासे कार्बाहीमा परेको र एक लाख ३७ हजार राजस्व असुली भएकोे उनले बताए । चिटकाटेका सवारी साधन र चालक गरी ४ हजार ७ सय १ लाई कार्बाही गर्दा ३४ लाख १४ हजार राजश्व संकलन भएको उनले बताए ।













