• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

नाका जोड्ने सडकमा मुख्य तगारो, बजेट अभाव

  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाको जिम्मामा निर्माणाधीन नाका जोड्ने सडक आयोजनामा बजेटको समस्या भएको छ । उत्तर–दक्षिण जोड्ने सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन सकेको छैन । सेनाको जिम्मामा नाका जोड्ने २०३.५६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । सबैभन्दा लामो दूरीको खण्ड हो, बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ । धादिङको बेनीघाटदेखि गोरखाको लार्केपाससम्म यसको कुल दूरी १५४ किमि छ ।

जसमध्ये अप्ठ्यारो खण्ड ९२ किमिमा सेनाले काम गरिरहेको छ । यस खण्डमा ट्र्याक खोल्न थालेको ८ वर्षमा ३८.५४० किमि काम सकिएको छ । ट्र्याक खोल्ने काम ०७३ माघ १२ मा सुरु भई ०८६/८७ भित्र सक्नुपर्नेछ । तर अहिलेसम्म आधा काम पनि सकिएको छैन । ट्र्याक खोल्न चालु आर्थिक वर्षमा ७ करोड २२ लाख रुपैयाँ मात्र विनियोजन भएको छ । उक्त बजेटअनुसार चालु आर्थिक वर्षमा सेनाले दुई किमि मात्र ट्र्याक खोल्ने लक्ष्य राखेको छ ।

थोरै बजेटले गर्दा लक्ष्य पनि सोहीअनुसार निर्धारण गरिएको सेनाले जनाएको छ । अर्को लामो र महत्त्वपूर्ण सडक हो, दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकर । ट्र्याक खोल्नुपर्ने जुन खण्डको दूरी ७९ किमि छ । सेनाले ०७७ माघ २८ मा यो सडक निर्माणको जिम्मा लिएको हो । अहिलेसम्म १३.५९० किमि मात्र ट्र्याक खोलिएको छ । यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङरु, लिपुलेक, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय जनप्रतिनिधि, सांसदले पर्याप्त बजेट उपलब्ध गराएर छिटो काम सक्ने वातावरण बनाउनुपर्नेमा सरकारलाई दबाब दिइरहेका छन् ।

यो महत्त्वपूर्ण सडक भए पनि पर्याप्त बजेट अभावमा कामको गति बढाउन नसकिएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए । ‘यो सडकको दूरी लामो छ, यही गतिमा सडक बनाउने हो भने सक्नलाई वर्षौं लाग्छ,’ उनले भने, ‘त्यसैले छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनुपर्छ, त्यो हुन सकेको छैन ।’ यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ बजेट रहेकाले उक्त रकमले १।८ किमि नयाँ ट्र्याक खोल्ने र १.२ किमि सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ । ‘बजेट बढी भएको भए त्यहीअनुसार लक्ष्य निर्धारण गरेर ट्र्याक खोलिन्थ्यो,’ उनले भने, ‘थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न सकिएको छैन ।’

यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किमि छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ । सेनाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोशी करिडोरको अप्ठ्यारो खण्डमा पनि ट्र्याक खोल्ने काम गरिरहेको छ । उक्त करिडोरको खाँदबारी–किमाथांकाको च्याम्ताङ–घोङघप्पा खण्डमा ०७७ माघ २४ मा ०८१/८२ भित्र सक्ने सक्ने गरी निर्माणको जिम्मा दिइएको हो ।

खाँदबारी–किमाथांका सडकको दूरी १६२ किमि छ । यसमध्ये १०.५१ किमि खण्डमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । अहिलेसम्म ९।११० किमि ट्र्याक खोलिसकिएको छ । यस आयोजनाका लागि ५ करोड २७ लाख रुपैयाँ विनियोजन भएकाले उक्त बजेटअनुसार मौरीभीरदेखि घोङघप्पासम्मको २।०१ किमि ट्र्याक खोल्ने सेनाको लक्ष्य छ ।

कर्णाली करिडोरअन्तर्गत ट्र्याक खोलेर सेनाले गत आर्थिक वर्षको वैशाखमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २६९ किमि छ । यसमध्ये २२.५ किमिमा सेनाले काम गरिरहेको छ । अहिलेसम्म १६.५४० किमि सडकको ट्र्याक खोल्ने काम सकिएको छ । सोही दूरीमा पर्ने कालीकोट–बाजुरा जोड्ने घाटपारीचौर–बद्री गाउँ–भुक्काखोलाको ११.५ किमि खण्डमा पनि ट्र्याक खोल्ने काम भइरहेको छ । चालु आर्थिक वर्षमा यस खण्डका लागि १० करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

‘मागअनुसार बजेट नहुँदा नाका जोड्ने सडकमा समग्र रूपमा प्रगति कम छ, जति बजेट उपलब्ध हुन्छ, त्यहीअनुसार काम र प्रगति हुने हो,’ प्रवक्ता केसीले भने, ‘निर्माण गर्न सक्ने क्षमताअनुसार बजेट उपलब्ध हुन सके लक्ष्यभन्दा धेरै काम गर्न सकिन्थ्यो ।’ पर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उनको दाबी छ । कान्तिपुरबाट

 

  • नाका जोड्ने सडक
बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने
धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै
सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
लागूऔषधसहित एक युवक पक्राउ
कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद

समाचार

सबै

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.