धनगढी- डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा लडेर मृत्यु भएको हो।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेका थिए ।
घर पुगेपछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए। परिवारका अनुसार किशोरको काठ बोकिरहेको अवस्थामा लडेर घाइते भएपछि मृत्यु भएको हो।














