धनगढी– कैलालीको गोदावरीमा जलाएको अवस्थामा घाँटी छेदन गरिएको मानव कंकाल भेटिएको छ ।
स्थानीयले गोदावरी आर्यघाटमा बुधबार टाउको नभएको घाँटी छेदन गरिएको मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले गोदावरी आर्यघाटमा मानव कंकाल भेटिएको सूचना प्राप्त भएको बताए । डीएसपी पाण्डेले घटनाबारे अनुसन्धान अगाडि बढाइएको बताए ।













