धनगढी । कैलालीमा २ ग्राम ९० मिलिग्राम लागु औषध खौरो हेरोईन सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका १० बस्ने बर्ष २६ को तपेन्द्र पाली, ९ बस्ने बर्ष २५ को महेश ओड र १८ बस्ने बर्ष २७ को नवल बोहरा कैलाली धनगढी उप(महानगरपालिका ९ बङराकटान बस्ने बर्ष २६ को डम्बर ठगुन्ना धनगढी १ शिवनगर बस्ने बर्ष १९ को सुरज थापा रहेका छन ।
बुधबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्र.ना.नि. गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटि गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट २ ग्राम ९० मिलिग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।













