काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ श्रीरामचोकस्थित सडकमा मधेश प्रदेश ०३-००१ त ८२५१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१६ नगवा टोल बस्ने गणेश मल्लिकको छोरा ७ वर्षीय आदित्य मल्लिकको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटा, पाख्रीवास नगरपालिका-३ जौउटारस्थित सडकमा को.१ ज २६३९ नम्बरको पिकअप बोलेरो बिहीबार राति दुर्घटना हुँदा चालक पाख्रीवास नगरपालिका-९ उत्तरपानी बस्ने ३९ वर्षीय शुक्र बहादुर तामाङ र बोलेरोमा सवार सिराहा लहान नगरपालिका-५ बस्ने २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको छ ।
दुर्घटनामा प्रमोद को घटनास्थलमै र शुक्र बहादुरको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















