धनगढी । कैलालीमा ११ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४ वर्षीय जीवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बौनियाँबाट खटिएको प्रहरी टोलीले नगद ६२ हजार ८५५ र ७ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।














