कैलाली । कैलालीमा लागु औषध १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी ४ उत्तरवेहडी बस्ने बर्ष २४ को अनिल लामा ,१३ झलारी बस्ने बर्ष १८ को नबिन कुमार ऐर सवार तामाङ, धनगढी १ अस्पताल रोड स्थित कोठा गरी बस्ने बर्ष २० को निरञ्जन पन्त रहेका छन् ।
आज कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०२ भन्सार ब्यारेल स्थित यस जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीगएको प्रहरी टोलीले सु.प.प्र.०२००३ प ६११५ नम्बरको मो.सा. भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि उक्त मो.सा. लाई चेकजाँच गर्दा निजहरुको साथबाट १२ ग्राम ३६० मिलिग्राम लागु औषध (खैरो हेरोईन) र ऐ. १३ :०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं,०१ अस्पताल रोडबाट जिल्ला डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं. ०५ घर भई हाल धनगढी उप-महानगरपालिका वडा नं. ०१ अस्पताल रोड स्थित कोठा गरी बस्ने पन्तलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागु औषध (खैरो हेरोईन )गरी जम्मा १२ ग्राम ४६० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी बरामद गरी तिनै जनालाई पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिह बोहराले जानकारी दिए ।













