काठमाडौं । दाङ, तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्तीको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-१० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७६ हजार ४ सय ९० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













