काठमाडौं । संखुवासभा, भोटखोला गाउँपालिका-३ हटिया बस्ने ६६ वर्षीया तिप्प भोटेको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-७ भरमपुराचोकस्थित शारदा एकेडेमी स्कुलमा वेल्डिङ्ग कन्सट्रक्सनको काम भइरहेकोमा उक्त वेल्डिङ्ग मेसिनको झिल्का उडेर स्कुल नजिकै रहेको श्रीराम लाला फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचरका विभिन्न सामानहरू पूर्णरूपमा जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














