धनगढी । कैलालीको धनगढीबाट दुई नाल भरुवा बन्दुक र फलामे चक्कु एक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीको १८ एफ गाँउबाट आज प्रहरी नायब निरिक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको सयुतm प्रहरी टोलीले भारतको लखिमपुर खिटि नउसर गुलरिया बस्ने ३२ बर्षको रियासत अली, सोही ठाउ बस्ने ४० बर्षको देसराज राना र धनगढी १९ बस्ने ३९ बर्षको गुरु प्रसाद चौधरीलाई भरुवा बन्धुक चक्कु सहित भारतबाट आउने क्रममा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिह बोहराले जानकारी दिए ।
दुई नाल भरुवा बन्दुक र फलामे चक्कु एक सहित ३ जना पक्राउ
दुई नाल भरुवा बन्दुक र फलामे चक्कु एक सहित ३ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















