महेन्द्रनगर । कञ्चनपुरको भाईरल रोडमा मोटर साईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
सोमबार साँझ कञ्चनपुर, भिमदत्त १२ को सो रोडमा सु.प्र.प.०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल दोधराबाट महेन्द्रनगरतर्फ आउदै गरेको अवस्थामा अनियन्त्रित भई रोडको बिच डिभाईजरमा रहेको बिजुलीको पोलमा ठोक्किदा दुइृ जनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महेन्द्रनगर १६ बस्ने बर्ष २१ को चालक कैलाश सिह साउँद र मोटरसाइकल पछाडी सवार १३ बडैपुर बस्ने बर्ष २१ को गणेश बिष्ट रहेका छन ।
दुबै जना गम्भिर घाईते भई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँज गर्दा दुबै जनाको मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।













