धनगढी । कैलालीमा जुवातास खेलीरहेको अबस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीको गौरीगंगा
४ राजीपुर स्थित एक घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद रु.७४,०००।–, मोबाईल थान-७ र ४ गड्डी तास सहित पक्राउ गरेको, र सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













