कैलाली- स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीमा अनसन बसिरहेका डा। गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ । पोषण तत्व र पानीको मात्रा कम भएर स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको सेती प्रादेशिक अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
केसीको २०औं अनसनको आज सातौं दिन हो । उनको स्वासप्रश्वास बढेको, पाँच दिनमा तौल २ किलो घटेको छ । सरकारले हिजो डा. केसीसँग वार्ता गर्ने बताएको थियो ।
















