• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

प्रेस काउन्सिलले दिने पुरस्कार किन पारदर्शी हुनुपर्छ ?

  •   आइतबार, असोज ०२, २०७९ मा प्रकाशित

क्यानडा- म लगायत धेरै सरोकारवालाहरूले प्रेस काउन्सिलले दिने पुरस्कारको पारदर्शितामा धेरै वर्षदेखि प्रश्न उठाइरहेका छन् । जुन यसपालि पनि पारदर्शी देखिएन । कुन पुरस्कार फलानोले के योगदानका कारण प्राप्त गर्‍यो, र आगामी दिनमा त्यो पुरस्कार प्राप्त गर्न अन्य आकाङ्क्षीले के कस्तो व्यावसायिक अभ्यास गर्नुपर्ने हो भन्ने बारेमा प्रेस काउन्सिलको विज्ञप्ति मौन छ ।

धन्न पत्रकार हरिबहादुर थापाका बारेमा दुईचार हरफ लेख्न विज्ञप्तिमा ठाउँ पुगेछ । तर त्यसले पनि उहाँले यस वर्ष त्यो पुरस्कार प्राप्त गर्ने के योगदान गर्नुभो भन्ने खुलाउन सक्दैन । अन्नपूर्ण पोस्टले यस वर्षको आचारसंहिता पत्रकारिता पुरस्कार पाएछ ।

यदि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा प्रकरणमा समाचार स्कूप मारेर धेरथोर सफलता हासिल गरेको उपलक्ष्यमा कुनै साहसिक पुरस्कार दिएको भए त्यसमा गुनासो गर्ने ठाउँ हुँदैनथ्यो । तर त्यो पूर्ण सफलता होइन, किनभने थप सिलसिलाबद्ध समाचार प्रकाशन गरेर अर्थमन्त्रीमाथि लागेको आरोप पुष्टि हुनसक्ने किसिमका सामग्री अन्नपूर्ण पोस्टले दिन सकेन ।बरु सीसीटीभी भिडिओ गायब पारेरै भए पनि अर्थमन्त्री पुनर्बहाली भए ।

“यसको मतलब पुरस्कृत सबैको भूमिका त्यही थियो भन्ने होइन । पुरस्कृत कतिपय मित्रहरूले मर्यादित वा व्यावसायिक पत्रकारिताका लागि गर्नु भएको योगदानका लागि नतमस्तक छु ।”

आचारसंहितामा गएको एक वर्षमा अन्नपूर्ण पोस्टले के विशिष्ट योगदान गर्यो त्यो चाही स्पष्ट हुन सकेन । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक त्रुटिहरूको पुलिन्दा थियो ।

मैले पनि त्यो विधेयक अध्ययन गरेर दुईओटा लेख प्रकाशन गरेको थिएँ । तर यसपालि नेपाल पत्रकार महासंघ र अन्य सरोकारवालाले उठाएका २९ ओटा सुधारमध्ये राष्ट्रिय सभाले २३ ओटा विषयलाई सच्याइसकेको र बाँकी विषयलाई प्रतिनिधि सभामा सच्याउने सहमति भइसकेको थियो । पत्रकार महासंघले विधेयक सुधारका सम्बन्धमा जारी गरेको पछिल्लो विज्ञप्तिमा त्यो कुरा प्रष्ट देखिन्छ । तर, त्यो विधेयक पारित हुने बित्तिकै अहिलेको प्रेस काउन्सिल खारेज वा निष्कृय हुन्छ । केहीका लागि त्यो जीवनमरणकै प्रश्न हो ।

तसर्थ सहमति भएर प्रतिनिधि सभामा पारित हुने प्रक्रियामा रहेको मिडिया काउन्सिल विधेयकलाई रोक्न काउन्सिलकै केहीले भूमिका खेले । त्यसका लागि मिडियामा त्यो विधेयक पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेकै अवस्थामा छ भन्ने प्रायोजित समाचारहरू लेख्न लगाइयो ।

विधेयक खारेज गर्नुपर्छ वा रोक्नु पर्छ भनेर केही प्रायोजित कार्यक्रमहरू पनि भए । अन्त्यमा नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसम्म कुरा पुर्‍याएर “त्यो विधेयक अहिले पारित गर्न सकिन्न । यसलाई रोकौं” भन्न लगाइयो । भन्न लगाइयो ।

“मेरो कुरामा चित्त नबुझे मिडिया काउन्सिल विधेयक सुधारिएर कुन अवस्थामा आएको थियो, महासंघ र अन्य सरोकारवालाले त्यसलाई कहिले र कुन अवस्थामा पारित गराउन खोजेका थिए भनेर पत्रकार महासंघलगायत सरोकारवाला व्यक्ति वा संस्थासँग बुझ्न गए भइहाल्छ ।”

अन्ततः त्यो विधेयक रोकियो । अब वर्तमान संसद अन्त्य भएर नयाँ निर्वाचनको प्रक्रियामा जाने भएकाले त्यो विषयमा गरिएका संशोधन, थपघट आदि सबै निरर्थक भए । अर्को संसदमा त्यो विधेयक प्रस्तुत हुँदा उही पुरानो गोकुल बाँस्कोटाकै संस्करणमा पुग्छ । मानौं, लुँडो खेल्दा ९९ मा पुगेपछि सर्पको मुखमा परेर फेरि १ वा २ मा आएजस्तो ।

मैले यो भूमिका किन बाँधे भने पत्रकार महासंघलगायतका सरोकारवालाले सहमति जनाएर प्रतिनिधि सभामा छलफल गरी पास गर्न ठिक्क पारिएको मिडिया काउन्सिल विधेयक रोक्न ज–जस्ले भूमिका खेले, प्रेस काउन्सिलले पुरस्कृतहरूको सूचिमा उनीहरूलाई सामेल गरिदियो ।यसको मतलब पुरस्कृत सबैको भूमिका त्यही थियो भन्ने होइन । पुरस्कृत कतिपय मित्रहरूले मर्यादित वा व्यावसायिक पत्रकारिताका लागि गर्नु भएको योगदानका लागि नतमस्तक छु ।

प्रायः काउन्सिलले भागशान्ति पुरस्कार बाढ्थ्यो ।”यसपालि त भागशान्ति पनि भएन, समावेशी पनि भएन, काउन्सिलले वर्षभरिमा कुनै क्रियाशील महिला पत्रकार भेटेनछ” भन्दै सामाजिक सञ्जालमा विभिन्न सरोकारवालाहरूले टिप्पणी गरिरहनु भएको छ । त्यसको कारण पनि विधेयक रोक्न गरिएको प्रयत्न नै हो ।काउन्सिलले पुरस्कार दिने प्रकृयालाई किन पारदर्शी बनाउनु पर्छरु किन पुरस्कृत व्यक्ति वा संस्थाको योगदानका बारेमा उल्लेख गरिनुपर्छरु किन गुपचुप भागशान्ति पुरस्कार बाड्नु हुँदैन भन्ने कुराका लागि माथिको पृष्ठभूमि लेखेको हुँ ।

मेरो कुरामा चित्त नबुझे मिडिया काउन्सिल विधेयक सुधारिएर कुन अवस्थामा आएको थियो, महासंघ र अन्य सरोकारवालाले त्यसलाई कहिले र कुन अवस्थामा पारित गराउन खोजेका थिए भनेर पत्रकार महासंघलगायत सरोकारवाला व्यक्ति वा संस्थासँग बुझ्न गए भइहाल्छ ।यद्यपि पुरस्कृत सबैलाई बधाइ एवम् उत्तरोत्तर प्रगतिको शुभकामना । काउन्सिलको कार्यशैली पारदर्शी बनाऔं । बाँकी आफैँ सच्चिँदै जान्छ ।

  • पुरस्कार
आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

समाचार

सबै

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.