कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा बसेकाहरूबाटै संघीयताको विरोध गरिरहेको बताएका छन् ।संविधान दिवसको अवसरमा आज धनगढीमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले त्यस्तो बताएका हुन्। उनले संघीयताले गाउँमा विकास भएको तर, सहरको नजरले त्यो नदेखेको बताए ।
उनले भने, ‘सहरमा बसेकाहरूले संघियताको विरोध गरिरहेका छन् । सहरमा बसेर संघीयता चाहिँदैन, प्रदेश चाहिँदैन, धर्मनिरपेक्षता चाहिँदैन भनेर हुन्छ रु संघीयताको उपलब्धि हेर्न गाउँ जानु पर्छ।’ संविधान पूर्णरूपले कार्यान्वयन नहुँदा संघीयता प्रति नागरिकहरू निराश बन्दै गइरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।
‘संविधान पूर्णरूपले कार्यान्वयन हुन सकेको छैन । एकल अधिकारमा समस्या नभए पनि साझा अधिकारमा समस्या छ’ मुख्यमन्त्री भट्टले भने, ‘प्रहरी ऐन,निजामती ऐन र शिक्षा सम्बन्धी कानुन निर्माणमा संघीय सरकारले ढिलो गर्दा प्रदेश सरकारलाई समस्या परिरहेको छ ।’
ती कानुन निर्माण नहुँदा प्रदेश सरकारले के गरिरहेको छ भन्ने प्रश्नहरू उठिरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । संविधानको पूर्ण कार्यान्वयन भए संविधान दिवसको महत्त्व पनि संस्थागत हुने नभए दिवसको कार्यक्रम औपचारिकतामा सीमित रहने उनको भनाइ थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावलले संविधानको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका थिए । धनगढी चौराहाबाट सुरु भएको ¥यालि धनगढी रङ्गशालामा पुगेर कोष सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न झाकिहरु समेत प्रस्तुत गरिएको थियो ।















