धनगढी । कैलालीमा १२ ग्राम १३० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
बुधबार सुदुर पश्चितम प्रदेश प्रहरी कार्यालय धननगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी ८ बुद्ध चोक नजिक बस्ने बर्ष २९ को बसन्त खत्री गोदावरी नगरपालिका वडा नं. ०६ लालपुर बस्ने बर्ष २२ को करन नेपाली र बर्ष २४ को बाजी आउजीलाई टीकापुर ९ खक्रौला स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आईरहेको सु.प.प्र.०१-००९ प ५७७४ नम्बरको मोटर साईकलमा सवार चालक टीकापुर बस्ने बर्ष २१ को जगत बहादुर भण्डारी र मोटर साईकल पछाडी सवार टिकापुर ०२ बस्ने बर्ष २० को शेखर सुनार रहेका छन ।
उनीहरुको साथबाट चेकजाच गर्दा १२ ग्राम १३० मिलिग्राम लागुऔषध खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आबश्यक अनुसन्धान प्हरीले गरिरहेको छ ।













