कैलाली । स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चालक जिल्ला कञ्चनपुर, कृष्णपुर ४ बस्ने बर्ष ३६ को सुदिप राना घाईते भई उपचारको लागि पद्मा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो।
कैलाली, गोदावरी ३ मालाखेती चोक स्थित पुर्ब पश्चिम राजमार्गमा अत्तरिया देखी महेन्द्रनगर तर्फ जादै गरेको बा १७ च ९६४५ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई सडकबाट ५० मिटर दक्षिण तर्फ रहेको पक्की घरको भित्तामा ठोकिएको प्रहरीले जनाएको छ ।















