धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका केही स्थानबाट ६ लाख बढी मुल्यको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
शनिबार साँझ कैलालीको धनगढी ३ ट्राफिक चौराह, मिलनचोक, त्रीवेणीघाट ,१० जुगेडा कटान र १५ सुर्मीबाट मूल्य रु.५,५०,५५०।–सामान बरामद गरेको छ । त्यस्तै कञ्चनपुर, बेलौरी २ खिरीयाबाट मूल्य रु.९४,०००।–सामान प्रहरीले बरामद गरेको जनाएको छ ।
दुईवटै स्थानबाट सो मुल्य बराबरका प्याज, चिनी, बिडी, सुर्ती, प्लाजु, सुटपिस, प्लाष्टिक झिल्ली, सानो र ठुलो सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, बोईलर कुखुरा, अटो थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा कञ्चनपर प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













