धनगढी । कैलाली र कंञ्चनपुरका केही स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
शनिबार साँझ धनगढी ३ चटकपुर र भजनी ३ कुसमघाट जाने बाटोबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.७१,०००।– बराबरको चिनी, सुर्ती, बिडी, सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै कञ्चनपुर, बेलौरी न।पा। ५ मैनाहबाट रु ।१,०९,२६४।– बराबरको चिनी, सुर्ती, प्लाष्टिक झिल्ली, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।













