बाजुरा । बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । आईतबार बाजुरा, खप्तड
छेडेदह ३ धुरतोला वस्ने दिल्ली बहादुर रावतको छोरा वर्ष ८ को बिजय रावतलाई बाघले आक्रमण्म गर्दा मृत्यु भएको हो ।
सोही ठाउको सेली स्थित घर देखी अन्दाजी २ कि.मि टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले बालकलाई आक्रमण गरेको र छानो देखी १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको प्रहरीले जनाएको छ । बालकको भने घटनास्थलमा नै मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट बालकको मृत्यु
बाघको आक्रमणबाट बालकको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















