धनगढी- नेपाली कांग्रेस कैलालीका नेता एवम् प्रतिनिधिसभा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा उम्मेदवारका आकांक्षी क्षितिज भण्डारीले चुनावी प्रचार सुरु गरेका छन् ।
उनले स्वर्गीय बाजे डिल्लीराज भण्डारीको स्मृतीमा ६१८ जना कैदीबन्दीलाई सेनेटरी प्याडलगायत स्वास्थ्य सामग्री वितरण गरेका हुन् । आफू लोकतान्त्रिक आन्दोलनका क्रममा तीन महिनासहित पटक–पटक कैलाली कारागारमा बसेको सम्झना गर्दै दशैंलगायतका पर्वमा खसी दिँदै आएको बताए । धनगढीमा चुनावी भोजभतेरसंगै सबै वडामा पर्चा पम्पलेट टाँस्नुका साथै चुनावी कार्यालयसमेत खोलेका छन् ।
नेपालको कारागारमा कानुनी परामर्शको अभावमा धेरै युवा बलात्कार, लागुऔषध र कर्तब्य ज्यान मुद्दामा जबरजस्ती फसेको चर्चा गर्दै आफूले चुनाव जितेर गए कारागारको स्त्तरोन्ती गरेर मायाघर, सुधार र तालिमगृह बनाउने बताए ।
कार्यक्रमका आयोजक श्री श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदुरपश्चिम प्रदेश संयोजक नवीन ओझाले युवानेता भण्डारीले कैदीबन्दीलाई गृह मन्त्रालयको अनुमती लिएर सहयोग वितरण गरेको बताए । उनले आठ दिनसम्म जेलमा योग र ध्यान प्रशिक्षणसमेत गरिएको बताए ।















