धनगढी । कैलाली र कञ्चनपुरका केही स्थानहरुबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
कैलालीबाट रु १ लाख ५७ हजार ३३० र कञ्चनपुरबाट ३ लाख ६७ हजार २५ मुल्यका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट चिनि, प्याज, सुर्तिजन्य पदार्थ, कुर्ति सेटहरु, चिसो पेय पदार्थ, प्लाष्टीकको डोरी, छिद्रा माछा, साईकल, साईकलको पुर्जाहरु,
कुखुराको चल्लाहरु चिनि, बिडी,प्याज, खाद, बिष्कुट, कुरकुरे, ड्यु, फ्रुटी, भडाकुडा, कपडा, र किराना लगायतका सामानहरु से ७ प ४९४५ न.को मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।













