कंञ्चनपुर । अटोबाट खसेर एक बालकको मृत्यु भएको छ । शुक्रबार कञ्चनपुर, शुक्लाफाँटा ७ स्टेशनपुर स्थित भित्रि सडक खण्डमा झलारीबाट स्टेशनपुर तर्फ जादै गरेको म १ ह १२३३ नम्बरको अटोमा सवार बर्ष १३ का निराजन ठगुन्नाको मृत्यु भएको हो ।
अटोबाट खस्न गइ घाइते भइ उपचारको लागि धनगढी, कैलाली पठाएकोमा बाटोमा नै उनकाृ मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो र अटो चालक सोही ठाउँ बस्ने बर्ष ४० को जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















