सप्तरी । कञ्चनरूप नगरपालिका-१० बदगामास्थित सडकमा उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार सप्तकोशी नगरपालिका-१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती तथा हाल नाम,
थर, वतन नखुलेका १ जना पुरूष र १ जना महिला गरी ३ जनाको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार २२ जनालाई उपचारको लागि धर्मेश्वर अस्पताल, नगर अस्पताल र गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















