काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोकको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













