धनगढी । राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समाहित गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत शनिबार डोटीको दिपायलमा आयोजित जनसभामा उनले राष्ट्रिय दलित अभियानलाई माओवादी केन्द्रमा समाहित गरेका हुन् ।
विसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको जनसभामा आफ्नो अभियान समाहितको घोषणा गरेको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ले जानकारी दिए ।
विसीले जनसभामा आफ्नो धारणा राख्दै समेत राखेका थिए । ‘दलित समुदायको अधिकार,समानता र सामाजिक न्याय सुनिश्चित गर्न अध्यक्ष प्रचण्ड र माओवादीलाई बलियो बनाउन आवश्यक छ’ धारणा राख्दै विसीले भने ‘त्यसैले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समाहित गरेको हुँ ।’















