काठमाडौं । अर्थविद् डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ । बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्तामा पौडेललाई गभर्नर बनाउने समझदारी बनेको हो । देउवाले बैंकक उड्नुअघि नेपाल राष्ट्र बैंकका निर्देशक डा. गुणाकर भट्टको नाम प्रधानमन्त्रीलाई बुझाएर उडेका थिए ।
तर, उनको राजीनामा डेपुटी गभर्नर निलम ढुंगानाले स्विकृत नगरेकोले गभर्नर नियुक्ती प्रक्रिया लम्बिएको थियो । २ महिनाअघि नै हुनुपर्ने गभर्नर नियुक्ती आज बल्ल नियुक्ती हुने भनिएको छ ।















