रुकुमपूर्व । बैतडीको पाटनबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियानको टोली लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ । आज नेकपा माओबादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली पानीको झरीका बीच पनि लुम्बिनी प्रदेशमा प्रवेश गरेको हो।
मध्यपहाडी क्षेत्रमा हाल वर्षा भइरहेको अवस्थामा प्रतिकुल मौसमका बीच अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व प्रवेश गरेको माओबादी केन्द्रले जनाएको छ ।
अभियानको क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ ।
अभियानको अन्तिम गन्तव्य सोलु (सोलुखुम्बु) मा पुगेर समापन गरिनेछ।
नेकपा (माओवादी केन्द्र)ले तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग तथा वर्गीय आधारमा पार्टीको सम्बन्ध सुदृढ गर्ने राजनीतिक जागरणको अभियानको रूपमा लिदै आएको छ।















