धनगढी । माओवादी केन्द्रनिकट अखिल नेपाल खेलकुद महासंघको धनगढी उपमहानगर कमिटीको अध्यक्षमा रणधिर कर्ण चयन भएका छन् । बिहीबार सम्पन्न प्रथम भेलाले कर्णको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा आकाश चौधरी,निशान लामा,सचिवमा देवी चौधरी,सहसचिवमा सरकारी राना र कोषाध्यक्षमा दिनेश बोहरा चयन गरेको जनाइएको छ ।















