धनगढी । कर्तब्य ज्यान मुद्धाका फरार मानिस ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ५ बस्ने बर्ष २७ का उमेश नेपाली रहेका छन् ।
२०७८।१० महिना २ गते धनगढी उप-महानगरपालिका ११ स्थित कैलाली गोदावरी नगरपालिका वडा ५ बस्ने बर्ष २० को प्रकाश नेपालीको मृत्यु प्रकरणमा यस कार्यालयमा किटानी जाहेरी परे पश्चात उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले आज पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।













