कैलाली । भजनी नगरपालिका-२ रजवाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-२ शिबिर बस्ने २२ वर्षीय शंकर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४२१ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी टिकापुर नगरपालिका-१ ब्लक नम्बर ११ ड्राईभरटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय आशिष कोराललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।















