काठमाडौं- नेपाली मुलकी प्रजिता बाँस्तोला गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणको पहिलो राउण्डमा सफल भएकी छन् । उनले चारै जना निर्णायकलाई फर्काउन सफल भइन्। प्रजिताले लब्रिन्थको ‘जेलस’ गीत गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भइन् ।
नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्याउने जमर्को गरिन्। चारैजना निर्णायकले उनको गायकीको प्रशंसासमेत गरे ।













