• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २२ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाँदै

  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन जाने भएका छन् । परराष्ट्र मन्त्रालयले उनको यात्राको तयारी गरिरहेको छ । संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।

मन्त्रालयले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे हालसम्म औपचारिक रूपमा केही बताएको छैन । कुनै विशेष कारणले कार्यक्रममा फेरबदल नभएको स्थितिमा प्रधानमन्त्री ओली असार १५ मा स्पेन यात्राका लागि जाने निश्चित भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सम्मेलन स्पेनको सेविला सहरमा असार १६–१९ (३० जुनदेखि ३ जुलाई) सम्म हुँदै छ । सम्मेलनको समाप्तिपछि २० असारमा फर्किने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका तयार गरिँदै छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत रहने छिन् । भ्रमण दलका अन्य सदस्यहरूको भने अझै टुंगो लाग्न बाँकी छ ।

संयुक्त राष्ट्रसंघद्वारा अतिकम विकसित र विकासशील देशहरूको विकासका लागि आर्थिक स्रोत तथा सुविधाहरू उपलब्ध गराउन यस्तो सम्मेलनको आयोजना हुँदै आएको छ । यसअघि सन् २००२, २००८ र २०१५ मा तीन वटा यस्ता सम्मेलनका आयोजना गरिएको थियो ।

सम्मेलनका क्रममा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठन, वित्तीय र व्यापार संस्थान, नागरिक समाज र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले विकासका लागि वित्तपोषण र बलियो अन्तर्राष्ट्रिय सहायतासम्बन्धी विभिन्न सत्रमा छलफलमा सहभागी हुनेछन् ।

दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि वित्तीय स्रोत जुटाउन सम्मेलनले भूमिका खेल्ने जनाइएको छ । सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्ष, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठनसहित विभिन्न क्षेत्रीय वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता रहनेछ । युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता सहयोगी संस्थाहरूको उपस्थिति पनि सम्मेलनमा रहनेछ ।

नेपाल अतिकम विकसित राष्ट्र (एलडीसी) समूहको अध्यक्ष हो । प्रधानमन्त्री ओलीले त्यहाँ नेपालसँगै अतिकम विकसित राष्ट्रका नेताका हिसाबले समेत प्रतिनिधित्व गर्नेछन् ।

  • प्रधानमन्त्री ओली
मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान
यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
माछा मार्ने क्रममा करेन्ट लाग्दा २२ वर्षीय युवकको मृत्यु

समाचार

सबै

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २२ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.