काठमाण्डौ- अन्तरार्ष्ट्रिय थाहा पाउने दिवश नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईयो । सूचनाको हकका लागि राष्ट्रिय महासँघले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा प्रभातफेरी, अन्तरक्रिया, कोणसभा र सडक सूचना प्रवाह कार्यक्रम आयोजना गरी मनाएको छ ।
नयाँ बानेश्वरमा सूचनाको हकका लागि राष्ट्रिय महासँघले आयोजना गरेको सडक सूचना प्रवाह कार्यक्रममा महासँघका केन्द्रिय अध्यक्ष उमीद बागचन्दले जनताको अनुहारमा खुशि ल्याउने सूचनाको हकको अभियानलाई यस किसिमका कार्यक्रमले टेवा पुर्याउने बताएका छन ।
अन्तरार्ष्ट्रिय थाहा पाउने दिवशको अवसरमा आयोजित कार्यक्रममा फ्रिडम फोरमका कृष्ण सापकोटा, डाक्टर विजय मिश्र र नेपाली उपभोक्ता सँरक्षण महासँघका अध्यक्ष चन्द्र साउद लगायतकाले सूचनाको हकको महत्व र यसको प्रयोगले पार्ने प्रभाव बारे चर्चा गरेका थिए ।
बानेश्वर चोकबाट कार्यक्रम स्थल एभरेष्ट होटेल अगाडी सडक सूचना प्रवाह कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रम सञ्चालन अभियन्ता नोदनाथ त्रितालले भरेका थिए ।













