कैलाली । अछाममा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आज ७ः५० बजेको समयमा अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ४ कैलाशखोला नजिक रहेको एक पुरानो घर (छाना) मा जुवातास खेलिरहेका छन भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
घरको कोठामा रित पुर्वक खानतलासी गर्दा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाइ फेला पारी जुवा खालबाट नगद रू.१८,०९५ .– (अक्षरुपी अठार हजार पन्चानब्बे) रुपैया र तास गड्डी थान (दुई) फेला पारी उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।















