धनगढी– मालिकार्जुन दार्चुला सेवा समितिले शुक्रबार विभिन्न कार्यक्रम गरि आफ्नो तेस्रो वार्षिकोत्सव तथा चौधौं स्थापना दिवस मनाएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गर्दै विविध कार्यक्रम गरि समितिले वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो ।
दिवसको अवसरमा समितिले ५७ जना जेष्ट नागरिक र योग गुरुलाई सम्मान गर्नुका साथै कक्षा ८ र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना छात्र÷छात्रालाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । समितिको अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमहागनरपालिकाका नगरप्रमुख गोपाल हमाल थिए ।
कार्यक्रममा दार्चुलाई घर भई कैलालीमा बसोबास गर्ने दार्चुलाबासीलगायत अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव देवराज भट्टले गरेका थिए ।













